एजेन्सी ।। रुसमा जारी विश्वकप फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन् । राति पौने १२ बजे भएको खेलमा तीन÷तीन गोलको बराबरी भएको हो ।
खेलको सुरुआतदेखि नै स्पेनले परम्परागत टिकी–टाका रणनीतिमा खेल्दै बल पोसेसन राख्न सफल रहयो । सानो गल्तीले गर्दा पोर्चुगलले खेलमा अग्रता लिने मौका पायो । उक्त प्लेमा डिफेन्डरले प्ले ढिला गराउनुपर्नेमा ट्याकल हान्नु गलत निर्णय थियो । त्यसबाहेक स्पेनी टोलीको डिफेन्सले उचित ढंगले मार्किङ गर्न नसकेको पनि देखियो ।
यो वर्षको विश्वकपमा ह्याट्रिक प्रहार गर्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन् । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । स्पेनका नाचोले रोनाल्डोलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए । स्पेनका लागि डियगो कोस्टाले २४ौं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
इस्कोले उठाएको भलीमा कोस्टाले बल अघि बढाउँदै पेट्रिकलाई छलाउदै गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफको अन्त्यमा रोनाल्डोले पुनः पोर्चुगलका लागि गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्पेनले लगातार दुई गोल ग¥यो । डियगो कोस्टाले ५५ौं मिनेटमा गोल गर्दै स्पेनलाई पोर्चुगलविरुद्ध २–२ को बराबरी गरेको २ मिनेट नबित्दै नाँचोले गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । स्पेनविरुद्ध खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए
।पोर्चुगलको लागि भने हिजोको खेलले टोलीमा रोनाल्डो कति महत्त्वपूर्ण खेलाडी हुन् भन्ने प्रष्ट पारेको छ । टोलीका मुख्य खेलाडीको रुपमा सर्वत्र चर्चा बटुलेका रोनाल्डोले त्यसै अनुसारको प्रदर्शन दिए ।
दुवै टोलीले आक्रमणमा निकै मिहिनेत गरे र त्यसैअनुसार ३(३ को स्कोर पनि निस्कियो । स्पेनले पोर्चुगल र विशेषतस् रोनाल्डोविरुद्ध डिफेन्समा भने कमजोरी देखियो । रोनाल्डोलाई सहज रुपमा लिनु नै नतिजा आफ्नो पक्षमा नाऔनुको मुख्य कारण रहयो । रोनाल्डोलाई टाइट मार्कीङ गरेको भए स्पेनले नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना रहन्थ्यो । रामोस र पिकेको जोडीले कम्प्याक्ट डिफेन्स गरेर रोनाल्डोलाई रोक्नु पर्ने थियो ।
पोर्चुगलको प्लेलाई डिले गर्न स्पेन चुक्यो र त्यसको बदला तीन गोल खान पुग्यो । रोनाल्डोले आफ्नो उत्कृष्टतालाई सिद्ध पार्दै नतिजा परिवर्तन गरिदिए ।