विश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (अाज)बाट गर्दैछ ।
फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको अैसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ ।
विश्व कपको ग्रुप ‘डी’ मा भएका सबै टीम लगभग बराबरीका छन् । अहिले अैसल्याण्डलाई नै अलि कमजोर टीमको रुपमा हेरिन्छ । तर अैसल्याण्ड पछिलो दुई वर्षमा सानदार फर्ममा चलिरहेको छ । त्यसैले पनि अैसल्याण्डलाई कमजोर टीमको रुपमा लिनु जुनसुकै टीमको लागि पनि खतरा हुन सक्छ ।तर पनि अर्जेन्टीना यो खेलमा जसरी भए पनि जीत निकालनको लागि खेल्ने छ, किनकी अब हुने खेलमा अर्जेन्टीनाले नाईजेरिया र क्रोएशिया जस्ता दमदार टीमको सामना गर्नु पर्ने छ ।
बार्सिलोनाका स्टार लियाेनल मेसी अहिलेसम्म आफ्नो देशलाई कुनै पनि ठूलो उपाधि दिलाउनका लागि असफल भएका छन् । अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो । अहिलेकाे विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ ।