नेकपाको स्थायी समितिको पहिलो बैठक आज बस्दै

समाचार
शेयर गर्नु होला

 

काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पहिलो स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो दुई बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले पार्टी सञ्चालन नियमावलीमा छलफल गर्नेछ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आह्वान गरेको बैठकका चार एजेण्डा रहेका छन् । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् कार्यसूची रहेको नेकपाले जनाएको छ ।

यस्तै यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश हुनेछ भने पार्टी सञ्चालन नियमावलीलाई अन्तिम रुप दिने बताइेको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइेको छ । प्रधानमन्त्री ओली ५ असारमा चीन भ्रमणमा जाँदैहुनुहुन्छ । यस्तै ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने नेकपाले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *