काठमाडौं- डा. गोविन्द केसीले माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन्।
शनिबार मुखमा टेप लगाएर केसीले मण्डलामा प्रदर्शन समेत गरे। स्थानीय प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको थियो। जनआन्दोलन, लोकमान कार्की, भ्रष्टाचार तथा वेथितिका विरुद्धका माइतिघर मण्डलाबाट आन्दोलन भएको बताउँदै केसीले सरकारलाई निर्णय सच्याउन आग्रह गरे।
मुखमा टेप लगाएर माइतीघरमा उभिएर डा. केसीले ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’, ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ लेखिएका प्ले कार्ड प्रदर्शन गरे।