थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाटमात्रै छिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन् ।

भारतले पूर्वमा विराटनगर, जनकपुर र पश्चिममा महेन्द्रनगरको आकाशबाट विमानलाई नेपाल प्रवेश पनि गर्न दिने भएको छ।

अन्तर्‍ाष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकहरुको राजधानीमा बिहीबारदेखि चलेको दुईदिने वार्तापछि यस्तो निर्णय भएको हो। यसाघि काठमाडौंबाट उड्ने ठूला विमानले दक्षिण, पश्चिम र पूर्वतर्फ रहेका मुलुकहरुमा जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्किन पाउथे। यी रुट एकतर्फी मात्रै भएकाले ठूला विमान नेपाल छिर्न भने पाउदैन्थे। अब भने यी रुटलाई दुईतर्फी बनाउन भारत सहमत भएको छ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उडान सुरक्षालगायतका विषयमा थप अध्ययन गरी नयाँ हवाई मार्ग उपलब्ध गराउन भारतीय अधिकारी सहमत भएको उल्लेख छ। गत जेठ ३१ देखि शुरु भएको द्विपक्षीय वार्ता एक दिन लम्बिएर आज सम्पन्न भएको हो।

द्विपक्षीय छलफलमा भारतीय अधिकारीले जनकपुर– पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुई तर्फी बनाउन सहमत भएका छन्। तर उडान सुरक्षा मूल्यांकन गरी सो को आधारमा मात्रै नयाँ मार्ग लागू गरिने भएको छ। यस्तै पश्चिम तर्फ महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि हाल सञ्चालनमा रहेको काठमाडौँ– महेन्द्रनगर– दिल्ली हवाई रुटलाई दुई तर्फी बनाउन दुबै पक्षको सहमतिमा उडान सुरक्षा मूल्यांकन गरी लागू गरिने भएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार, विराटनगर र जनकपुरबाट ठूला जेट विमानले प्रवेश गर्न सक्ने छन् तर महेन्द्रनगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्रै प्रवेश गर्न पाउने भएका छन्। ‘दिल्ली हुँदै अौने ठूला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौं तर, भारतीय पक्षले अहिले साना विमानका लागि मात्रै सहमति जनाए,’ उपमहानिर्देशक पोखरलले भने।

यो सहमतिपछि अब नेपालगन्ज पश्चिमका धनगढी र सुर्खेतका लागि भारतको दिल्लीलगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ। यसाघि काठमाडौंबाट महेन्द्रनगरको आकाश हुँदै दिल्ली तथा मध्यपूर्वी र पश्चिमी मुलुक जानेमात्रै हवाई बाटो थियो। लिमा ६२६ नाम दीएको यो बाटो दुईतर्फी थिएन।

ठूला विमानको दाँजोमा कम उचाईमा उडान गर्ने वायुयानले अब महेन्द्रनगरबाट पश्चिमी मुलुकका क्षेत्रीय सहरमा उडान भर्न सक्ने भएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *