६ वटा प्रदेशका गृहसचिव लगायत २१ सहसचिवको सरुवा

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  अाईतबार २१ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार सरुवा गरिएकामध्ये धेरैलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दीएको छ ।

एकै पटक ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फेरिएका छन्। प्रदेश राजधानीमा रहेका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सचिवबीच वरिष्ठता नमिलेपछि वरिष्ठलाई मन्त्रालयको जिम्मेवारी दीएको आलमलेबताए।

निर्वाचन आयोगमा रहेका गंगाराम गेलाललाई १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका विष्णु केसीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा ल्याइेको छ। २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका देवीराम भण्डारीलाई २ नम्बर प्रदेशकै सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सचिव रहेका सन्तोष श्रेष्ठलाई मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ भने प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव रहेका यज्ञबहादुर खत्रीलाई मुख्यमन्त्रीको कार्यालयमा लगिएको छ।

यस्तै, २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा रहेका किरण रुपाखेतीलाई २ कै आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। अतिरिक्त समुहमा रहेका जगदीश रेग्मीलाई २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ। ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव रहेका बलदेवप्रसाद जोशीलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालयको अतिरिक्त समुहमा रहेका शंकर अर्याललाई ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र अतिरिक्तमै रहेका श्याम अधिकारीलाई सामाजिक कोषको सचिवालयमा सरुवा गरिएको छ।

४ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेका प्रेम भट्टराईलाई ५ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयको सचिवमा, प्रदेशसभाको सचिव रहेका मानबहादुर बिकेलाई ४ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ। ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव रहेका वशन्त अधिकारीलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ भने अतिरिक्त समुहमा रहेका केवल भण्डारीलाई ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

यस्तै, ३ नम्बर प्रदेशको भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा रहेका वंशी शर्मालाई २ नम्बर प्रदेशको सोही मन्त्रालयमा र २ नम्बर प्रदेशको भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा रहेका विजयचन्द्र झालाई ३ नम्बर प्रदेशको सोहीमन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयान्तर्गत्का ऋषीराम तिवारीलाई सूचना प्रविधि र सञ्चार मन्त्रालय र सञ्चार मन्त्रालयका प्रेमकुमार श्रेष्ठलाई वेपत्ता पारिएकाको छानबिन आयोगमा सरुवा गरिएको छ। वन तथा वातावरण मन्त्रालयकी लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *