विश्वकप : सर्बिया १-० गोलले विजयी

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । समूह ई अन्तरगतको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई हराएको छ । सर्बियाले कोष्टारिकालाई १-० अन्तरल गोलले हराएको हो ।

समारा रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सर्बियाका अलेकजेण्डर कोलारोभले ५६ औँ मिनेटमा गरेका गोल नै निणर्यक गोल बन्यो ।

कोस्टारिका पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुगेको थियो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो ।

फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *