काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
अन्तर्ाष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निगमले पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई÷दुई रुपैयाँ मूल्य घटाएको हो।अन्तर्ाष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि अाईतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। यसाघि निगमले पेट्रोल प्रति लिटर एक सय १३ र डिजेल, मट्टीतेल लिटरको ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।
एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ। मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताए। यसाघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने थपघट नगरिएको गोइतले बताए। पछिल्लो मूल्य अनुसारनिगमलाई पाक्षिक रुपमा ७ करोड ८६ लाख रुपैयाँ घाटा रहेको छ।