पोखरा- पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ।
विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।
विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एेचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।
पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए।