काठमाडौं । समूह एफ अन्तरगत उपाधिको दावेदार जर्मनी मानिएको जर्मनी पहिलो खेलमा पराजित भएको छ । जर्मनी आफ्नो पहिलो खेलमा जर्मनि मेक्सिकोसँग १ – ० गोल अन्तरले हारेको हो ।
मेक्सिकोको हिरविंग लोंजानोले ३५ औँ मिनेटमा गोल गरेका गोल जर्मनीले र्फकाउन सकेन ।मेक्सिकोको लागि लोंजानोको गोल नै निर्णयक गोल बन्यो ।
जर्मनीने गरेका धेरै प्रहार मेक्सिकोका गोलकिपरले विफल तुल्याएका थिए। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलमा मेक्सिकोले जर्मनीलाई आच्छु आच्छु पारेको थिए। मेक्सिकोले पनि पटक पटक जर्मनीको गोलपोस्टमा धावा बोलेको थियो। यद्यपी गोलकिपर बाधक बने।
खेलअवधिभर साविक विजेता जर्मनीलाई मेक्सिकोले निकै कडा चुनौती दिएको थियो। छ। जर्मनीले पूरा समय ८ वटा कर्नर पाउदा मेक्सिकोले एउटा मात्र पाएको थियो। त्यस्तै जर्मनीले १० र मेक्सिकोले १६ वटा फउल गरेका थिए।
मेक्सिकोले पनि पाएका एक दर्जनबढी प्रहार गोलमा परिणत हुन सकेन्। मक्सिकोको तुलनामा स्टार खेलाडीले भरिएको जर्मनीले सोचे अनुसारको खेल खेल्न सकेन।
सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । पहिलो पटक १९५४ मा च्याम्पियन बनेको जर्मनीले १९७४, १९९० र अन्तिम पटक २०१४ मा जितेको थियो