गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकालको टुंगो लगाइँदै

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाउने कार्य जारी छ गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

राष्ट्रियसभामा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभा स्थायी सदन भएकोले पदावधि सकिने सदस्यको स्थानमा पुन: निर्वाचन भैइ सदस्य थपिँदै जानेछन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको भाग्य पनि गोलाप्रथापले निर्धारण गर्नेछ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *