नेपाल आएका ४ पाकिस्तानी नक्कली पासपोर्टको आरोप मा पक्राउ

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। अाईतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो।

इन्टरपोलले उनीहरुको पासपोर्ट नक्कली भएको जानकारी नेपालमा दिएपछि प्रहरीले खोजी गरेर ठमेलबाट चार जनालाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत होमनाथ थपलियाले उनीहरुलाई नियन्त्रमा लिएर थप अनुसन्धान भैरहेको बताए।

उनीहरु यही असार १ गते नेपाल भित्रिएका हुन्  उनले भने, थप दुई जना पनि शंकाको घेरामा छन्। उनीहरुलाई पनि गिरफ्तार गरेर अनुसन्धान गरिने छ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *