काठमाडौं। राष्ट्रिय सभाका सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभामा ६ वर्ष रहने भएका छन्।
आज चिट्ठा तानिदाँ उनको कार्यकाल ६ वर्षको परेको हो। अर्थमन्त्री डा युवराज खतिवडालाई दुई वर्षको कार्यकालको चिठ्ठा परेको छ ।
महिला सदस्यहरुको कार्यकाल निर्धारण भैसकेको छ। संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ।
पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यलका दुई, चार र ६ वर्षको हुनेछ। गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङगो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् ।