काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालार्इ ६ वर्षको चिठ्ठा परेकाे छ । राष्ट्रियसभाका सदस्यको पदावधिका लागि सोमबार भएको गोलाप्रथाबाट उनकाे कार्यकाल निर्धारण भएकाे हाे ।
तर राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाललाई भने ४ वर्षको चिठ्ठा परेको छ । अन्य सदस्यहरूमध्ये कसैलार्इ दुर्इ वर्ष र कसैलार्इ चार तथा ६ वर्षकाे कार्यकाल परेकाे छ ।
संविधानअनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधि गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएबमाेजिम नै साेमबार गाेलाप्रथा गरिएकाे हाे ।