भक्तपुर — माध्यमिक शिक्षा परीक्षा (एसैइी) परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।
गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भैरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अंबिकाप्रसाद रेग्मीले सबै उत्तरपुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भैरहेको बताए। ‘नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौं,’ रेग्मीले भने ‘कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।’ यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।