दाजु बहिनी बिचको प्रेम सम्बन्ध अनि आत्माहत्या

समाचार
शेयर गर्नु होला

 

गुल्मी । छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्बन्ध स्थानियले असफल पार्न खोजेपछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा हत्या गरेका छन् ।

झिम्रुक गाउँपालिका वडा नम्वर( ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ ।

शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण अाइतबार सहमति जुटेपछि मात्र बाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शब बुझि उनिहरुको अहिले एकैसाथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ ।

यता नजिकै प्रेमी बनेका दाजुको शब र उता प्रेमिका बनेकी बहिनीको शबमा दुबैका परिवार जनले दागवत्ती दीरहँदा रोइ–कल्लाई कोलाहाल मच्चिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *