राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माण कार्य सुरू

समाचार
शेयर गर्नु होला

 

बैतडी– बैतडीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक निर्माण हुने भएको छ। बैतडीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माण कार्य अघि बढेको छ।

गत फागुन ७ मा शिलान्यास भएको शालिक बन्न करिब १५ महिना लाग्ने र शालिक करिब ४ हजार किलो वजनको धातुको हुनेछ। शालिक मूर्तिकार सुदिप भूर्तेलले निर्माण गरिरहेका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाद्वारा प्रदान गरिएको ७ रोपनी जग्गामा शाहको २१ फिटको शालिक, असहाय बालबालिका र बृद्धबृद्धाको शिक्षादिक्षा र संरक्षणका लागि मायाघर, नेपालको इतिहास झल्किने ऐतिहासिक संग्रहालय र एकता उद्यान निर्माण गर्न लागिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *