आफु जित्न नसक्ने अनि दोष अरुलाई दिने : सभापति देउवा

समाचार
शेयर गर्नु होला

 

चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातले नै पार्टी हारेको बताएका छन्।

पछिल्लो पटक गरिएको निर्वाचनमा नेपाली काँग्रेसले कम सिट जित्नुको पछाडी आफ्नो मात्र दोष नरहेको उनले दाबी गरे।
“यो भन्दा अन्याय कहाँ हुन्छ ” उनले भने, “आफु जित्न नसक्ने अनि दोष अरुलाई दिने।” निर्वाचनमा टिकट दिने काम अाफुले मात्र नगरी बोर्डबाट निर्णय गरिएकाले टिकट बाँड्ने सबैले जिम्मेवारी लिनुपर्ने उनले बताए।

दलित महिला संघ, जिल्ला कार्य समिति चितवनले गरेको प्रदेश स्तरीय दलित प्रतिनिधीहरुको लागि दुई दिवशीय प्रशिक्षण तथा सम्मान कार्यक्रम उद्घाटन समारोहमा सभापति देउवाले सभापतिलाई मात्र दोष दिएर यस्तो किसिमको चर्चा परिचर्चा हुनु गलत भएको बताए।

पार्टी भित्रकै अन्तर्घातको कारण पार्टी चुनावमा पछि परेको उनले दाबी गरे। हार्नेले आफु किन हारेँ भन्नुपर्ने बताउँदै उनले अाफुलाइ दाेष दिएर केहि नहुने बताए। समारोहमा देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाएर एक ढिक्का बनाउने कार्यमा अाफु दृढ भएर लाग्ने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *