स्विडेन द्वारा दक्षिण कोरिया १–० ले पराजित

खेलकुद
शेयर गर्नु होला

 

रूस – फिफा विश्वक फुटबल २०१८ अन्र्तगत सोमबारको पहिलो खेलमा स्विडेनले एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गरेको छ।

रूसको निज्नी नोभगोरोड रंगशालामा केहि समय अघि सम्पन्न खेलमा स्विडेनले कोरियालाई १–० ले पराजित गरेको हो। स्विडेनका लागि खेलको ६५ औं मिनेटमा एन्ड्रियस ग्रयानभिस्टले पेनाल्टीमार्फत गोल गरे।

स्विडेनले १२ वर्षपछि विश्वकपमा गोल गरेको हो। कोरियाको तुलनामा स्विडेनले खेलमा बलियो पकड बनाएपनि पाएका थुप्रै अवसरहरूलाई सदुपयोग भने गर्न सकेन।

स्विडेनले खेलमा ५६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेपनि अन्य गोल गर्न भने सकेन। स्विडेनका खेलाडीले पाएका केहि सुन्दर अवसरलाई कोरियन गोलरक्षक चो ह्युन वो र रक्षापंक्तिले विफल तुल्याइदिएका थिए। यता कोरियाले पाएका केहि सुन्दर अवसरलाई सदुुपयोग गर्न सकेन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *