विश्वकप 2018 : वेल्जियमले पानामालाई ३-० गोलको अन्तरले हरायो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा पानालाई वेल्जियमले पराजित गरेको छ ।

पहिलो पटक विश्वकप खेलेका पानामालाई वेल्जियमले ३-० गोलको अन्तरले पराजित गरेको हो । वेल्जियमले दोस्रो हाफपछि  लगातार तीन गोल गर्न सफल भएको हो ।

बेल्जियमका खेलाडी रोमेलु लुकाकुले ६९ औ मिनेटमा अग्रता २-० मा पु¥याएको थियो भने ७४ औ मिनेटमा तेस्रो गोल गर्न सफल भयो । यसपटक ईडेन हाजार्डको पासमा लुकाकुले ब्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

पहिलो हाफसम्म बेल्जियम र पानामाबीचको खेल गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफबाट वेल्जियमले लगालग तीन गोल गर्न सफल भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *