काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’मा पोल्याण्ड बिरुद्ध सेनेगलले जित हाँसिल गरेको छ । सेनेगलले पोल्यान्डलाई २-१ गोलले पराजित गरेको हो।
८ः ४५ बजे सुरु भएको यो खेलको ३८ औँ मिनेटमा पोल्याण्डका थियागो रेन्जेल सियोनेकले आत्मघाती गोल गरेका थिए । सेनेगलले यससँगै खेलको हाफ समयसम्म १–० गोलले अग्रता लिएको थियो ।
त्यस्तै दोस्रो हाफमा आएर ५९ औं मिनेटमा सेनेगलले अर्को गोल गर्न सफल भएको थियो । त्यस्तै खेल सकिन चार मिनेट बाँकी रहँदा पोल्यान्डका क्रिचोवाकले गोल गोल गर्न सफल भए ।