चुनावमा कांग्रेस हारको जिम्मा सबैले लिनुपर्ने

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – नेपाली कांग्रेसका सभापतिहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य जिम्मेवार केन्द्रीय सभापति शेरबहादुर देउवा भएको बताएका छन् । उनीहरुले सभापतिको टाउकोमा मात्र दोष थुपारेर अन्य पदाधिकारी र नेताहरु उम्कन नमिल्ने पनि स्पष्ट पारेका छन्।

पार्टीभित्र असल र खराबभन्दा गुटगत आधारमा उम्मेदवारी छनोट हुँदा धेरै ठाउँमा निर्वाचन परिणाम आफ्नो पक्षमा अौन नसकेको जिल्ला सभापतिहरुको गुनासो छ । गुटगत आधारमा तेरो र मेरो भनेर उम्मेदवार छनोट भएकाले पराजयको जिम्मेवारी पनि त्यही अनुसार लिन सबै नेताहरु तयार हुनुपर्ने उनीहरुको बुझाइ छ ।

‘पछिल्लो निर्वाचनमा कांग्रेसबाट होइन, सबैले गुटबाट टिकट पाए,’ गोरखा सभापति हरिबहादुर घलेले भने, ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहले अाअफ्ना व्यक्ति हेरेर टिकट दिए।

कांग्रेसले टिकट दिन नसक्दा निर्वाचनमा पार्टी पराजित भयो।’ तत्कालीन व्यवस्थापिका संसद्का दुई ठूला दल एकीकरण गर्ने रणनीतिसहित निर्वाचनमा जुट्दा समेत कांग्रेसभित्र एकता हुन नसकेको जिल्ला सभापतिहरुको बुझाइ छ । घात र अन्तर्घातकै कारण निर्वाचनमा पार्टी धेरै ठाउँमा पराजित हुन पुगेको गुनासो गर्दै जिल्ला सभापतिहरुले चुनावमा असहयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *