वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आप्रवासीबारे ट्रम्पले कडा नीति अख्तियार गर्दै आएका छन् ।
‘अमेरिका आप्रवासीका लागि शिविर बन्ने छैन र यो शरणार्थी राख्ने स्थान पनि होइन,’ मंगलबार ह्वाइटहाउसमा ट्रम्पले भने, ‘हेर्नुस् युरोपमा के भैरहेको छ, अन्य स्थानमा पनि के भैरहेको छ, हामी अमेरिकामा त्यसो हुन कदापि दिँदैनौँ।’
शरणका लागि अन्यत्र दर्ता भैसकेका आप्रवासीलाई अनुमति दिन नहुने पक्षमा रहेका आन्तरिक मामिला मन्त्रीले दुई साताभित्र आप्रवासनसम्बन्धी युरोपेली संघसम्बद्ध राष्ट्रबीच हुने सम्झौता सुनिश्चित गर्न मर्केललाई समयसीमा दिएका छन् । मर्केलले त्यसो नगरे संवैधानिक व्यवस्था कायम राख्न आफूले जर्मनीको सीमामा कडाइ गर्ने चेतावनी उनले दिएका छन् ।
गतसाता आफ्ना आमाबुबाबाट अलग गरिएका बालबालिकालाई टेक्सासस्थित तारबार लगाइेको केन्द्रमा राखिएका तस्बिरहरू सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । राष्ट्रसंघीय मानवाधिकार निकाय प्रमुखले अमेरिकी प्रशासनको कदम स्वीकार गर्न नसकिने’ भन्दै भर्त्सना गरेका छन् ।