संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकार ले फिर्ता गर्नु पर्ने

समाचार
शेयर गर्नु होला

 

काठमाडाैँ। संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।

केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ । संघीय सरकारले ल्याएको वित्तिय विनियोजन विधेयकमा प्रदेश सरकारलाई उपलव्ध गराएको अनुदान प्रयोग नभए संघीय सरकारको खातामा अौने व्यवस्था राखेको हो ।

यसाघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो । पहिले यस्तो रकम फ्रिज नहुने भएकाले स्थानीय तहले अर्को आर्थिक वर्षमा त्यसलाई प्रयोग गर्न पाउँथे । संविधानले स्थानीय तह र प्रदेशलाई दिएको अधिकारविपरीत संघीय सरकारले विनियोजन विधेयक ल्याएर संघीयताको मर्ममा प्रहार गरेको भन्दै कतिपय अर्थविधरुले विधेयकको आलोचना गरेका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *