मुम्बाई : सलमान खानको फिल्म रेस–३ को बिहाइण्ड द सिन भिडियो सार्वजनिक भएको छ । यो भिडियो निकै मन पराइेको छ र धेरैले हेरेका छन् ।
भिडियोको एुटा खास दृश्यमा ज्याकलिन फर्नान्डिज सलमान खानलाई लात हान्दै गरेकी देखिएकी छिन् । यसमा सलमानको प्रतिक्रिया पनि हेर्न लायक छ ।
भिडियोमा हिरोइनको एक्सनसमेत हेर्न पाइन्छ । पहिले दुई हिरोइन ज्याकलिन फर्नाण्डिज र डेजी शाह एक्सन दृश्यको अभ्यास गर्छन् त्यसपछि सिनको सुटिङ हुन्छ ।
यसमा यी दुई निकै आक्रामक देखिन्छन् । सलमानको प्रोडक्सन कम्पनी एसकीफले यो भिडियो जारी गरेको हो ।
सलमान खानको फिल्म रेस–३ ले अहिले आक्रमण बिजनेस गरिरहेको छ। रिलिग को ३ दिन मा फिल्म ले १०० करोड भारु को बिजनेस गरेको छ। फिल्म रेस–३ ले भारतिय बक्स अफिस मा ३०० करोड भारु को बिजनेस गर्ने आशा गरिएको छ।