बिश्व कप : ५ः ४५ बजे पोर्चुगल भर्सेस मोरक्को,सबैको नजर रोनाल्डो मा

खेलकुद
शेयर गर्नु होला

 

रुस- युरोकपको उपाधि जितेको पोर्चुगलले जारी विश्वकपको समुह चरणमा नै स्पेन विरुद्धको खेलमा बराबरी गर्दै यो संस्करणको उपाधि होडमा आफुलाई उभ्याइसकेको छ ।

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिम यो पटक बलियो देखिएको छ । फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोकपमा जस्तै सबैलाई चकित पार्न सक्छ या सक्दैन भन्ने कुरा अव समुहको दोस्रो खेलमा आज राति थाहा हुनेछ ।

समुह चरणको पहिलो खेलमा स्पेन विरुद्ध तीन तीन गोलको बराबरीमा रोकिदा नायक बनेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि पोर्चूगलको आकर्षण बन्नेछन् ।

पोर्चुगललाई टक्कर दिदैछ अर्को टोली मोरोक्कोले, २० वर्षपछि विश्वकप खेलिरहेको मोरोक्को आफनो पहिलो खेलमा पराजय भोगेको कारण पनि आजको खेलमा जित निकाल्छ चाहन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *