इन्डोनेसिया डुंगा दुर्घटनामा १ सय ९० व्यक्ति बेपत्ता

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

सुमात्रा — इन्डोनेसियाको सुमात्रा टापुको तोबा तालमा सोमबार डुंगा दुर्घटना हुँदा करिब १ सय ९० व्यक्ति बेपत्ता भएका छन्।

राष्ट्रिय खोज तथा उद्दार एजेन्सीले १८ जनाको उद्दार गरिएको जनाएको छ । तर डुंगामा धेरै व्यक्ति च्यापिएका हुनसक्ने अनुमान गरिएको छ ।

खोजीकार्य जारी रहेकाले डुंगामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन सकेको छैन । मंगलबारदेखि नै खोजी तथा उद्धारका लागि सयौंको उद्धारकर्मीको टोली खटिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *