काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरेविया विरुद्ध ऊरुग्वेले जित हाँसिल गरेको छ ।
ऊरुग्वेले साउदी अरेविया बिरुद्ध १–० गोल गर्दै जित हाँसिल गरेको हो । खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै ऊरुग्वेले पहिलो गोल गरेको थियो ।
खेलको पहिलो हाफबाटै साउदी अरेवियाले आक्रमक खेल खेले पनि कुनै गोल गर्न सकेन ।