रेशम चौधरीलाई रिहा गर्न राजपाको माग

Uncategorized समाचार
शेयर गर्नु होला

 

काठमाडाैं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ।

सोमबार शुरु भैइ बुधबार सकिएकाे राजपाको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइेका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ गर्न माग गरेको हो।

बैठकले मधेश थरुहट आन्दोलनका क्रममा भएका ज्यादतीको छानविन गरी सत्यतथ्य जनसमक्ष ल्याउन सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक छानविन आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत माग गरेको छ।

सरकार गठन हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिबद्धताअनुसार यथाशीघ्र संविधान संशोधन गर्न बैठकले माग गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *