चिन र काठमाडौं चिनियाँ रेलले जोड्ने राष्ट्रपति सीको प्रतिबद्धता

समाचार
शेयर गर्नु होला

 

काठमाडाैं -चिनियाँ राष्ट्रपति सी जिन पिङले   चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन।

‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भयो,’ भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले टेलिफोनमा भने, ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’

राष्ट्रपति सीले नेपालमा राजनीतिक स्थिरता कायम भएको र नेपाल सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकता दिएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । नेपालले तय गरेको विकास लक्ष्यमा पुग्न सघाउन चीन तयार रहेको उनले बताए । नेपाल सरकारलाई चीनको पूर्ण सहयोग निरन्तर जारी रहने आश्वासन पनि उनले दिए । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको १९ौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति सीलाई बधाई दिएका थिए ।

यसैगरी बुधबार नै एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एाइाइबी) का अध्यक्ष ली जिक्वानले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे । भेटमा नेपालमा लगानी विषयमा कुराकानी भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *