सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।
दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङ र भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ को शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए।
अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे थप अनुसन्धान भैरहेको छ । मंगलबार हाेटलकाे कोठामा गएको मान्छे बुधबार दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।
होटलमा मंगलबार दुवै सँगै बस्न गएका थिए । श्रेष्ठको कोठाको अट्याच्ड बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।