सभामुख–उपसभामुखको दलबारे प्रश्न गर्नु अनुचित : महरा

समाचार
शेयर गर्नु होला

 

दाङ — संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख कुनै पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न उठाउन जरुरी नभएको बताएका छन् ।

प्रतिपक्षी कांग्रेसले सभामुख र उपसभामुख एुटै दलको भएको भन्दै बिरोध जनाइरहेका बेला महराले यसबारे प्रश्न उठाउनै नमिल्ने दाबी गरे । ‘सभामुख र उपसभामुख सबैको साझा भैसकेका छौं । यस्तो बेला पार्टीको कुरा जोडेर विवाद गर्नु सान्दर्भिक हुँदैन,’ उनले भने, ‘प्रतिपक्षीले आवाज उठाएकै कारण सभामुख र उपसभामुख परिवर्तन हुन सक्दैन । यसबारे अनावश्यक भ्रम सिर्जना गर्न जरुरी छैन ।’

पत्रकार महासंघ दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महराले सभामुख र उपसभामुखले पार्टी सदस्यबाट राजीनामा दीसकेकाले यसबारे बहस गर्नु उचित नहुने बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *