काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेलमा ६ टोली भिड्दै छन्।
पहिलो खेलमा समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया भिड्दैछन्। जुन खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजेदेखि सुरु हुनेछ।
त्यस्तै पौने ९ बजेदेखि सुरु हुने दोस्रो खेलमा सोही समुहका फ्रान्स र पेरु भिड्नेछन्।
त्यस्तै तेस्रो खेलमा समूह सीमा रहेका अर्जेन्टिना र क्रोएसिया भिड्ने छन्। जुन खेल राति पौने १२ बजेदेखि सुरु हुनेछ।