बैंकर्स संघद्वारा ब्याजदर नियन्त्रणमा राख्न पुनः ‘भद्र सहमति’

अर्थ
शेयर गर्नु होला

 

काठमाडौं । पाँच महिना पुरानो सहमति खारेजीसँगै वाणिज्य बैंकहरूबीच ब्याजदर बढाउने हाेड चलेपछि बैंकर्स संघले पुनः नयाँ सहमति गरेकाे छ ।

हाल सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकले निक्षेपकाे ब्याजदर अधिकतम ११ प्रतिशतभन्दा माथि जान नदिने सहमति गरेकाे हाे । सहमति अनुसार, अब संस्थागत निक्षेपकर्ताले बढीमा साढे १० प्रतिशत तथा सर्वसाधारण निक्षेपकर्ताले बढीमा ११ प्रतिशत ब्याज पाउने छन् ।

बैंकरहरूबीच भएकाे नयाँ सहमतिअनुसार संघले बचतको ब्याज अधिकतम ७ प्रतिशतमा सीमित राखेकाे छ । यसाघि बचतमा ८ प्रतिशतसम्म ब्याज दिन पाइने सहमति थियाे । तर सहमति भंग गरिएसँगै केही वाणिज्य बैंकले बचतमै १० प्रतिशत ब्याजकाे विज्ञापन जारी गरेका थिए । यस्तै, कल डिपोजिटको ब्याज दर माथि जान नदिन मौद्रिक नीतिबाट सम्बाेधन गरिने सहमति भएकाे छ।

नयाँ सहमतिसँगै बैंकहरुले सबै ब्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र गर्ने भएका छन् । ऋणको ब्याज दरमा पनि अंकुस लगाइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *