पदमै हुँदा बच्चा पाउने विश्वकै दोस्रो प्रधानमन्त्री जसिन्डा आर्डर्न

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

बिबिसी : न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छन्।

यससँगै उनी प्रधानमन्त्री पदमा बहाल रहँदै शिशुलाई जन्मदिने विश्वकै दाेस्राे नेतृका रूपमा दरिएकी छन् । यसाघि पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो प्रधानमन्त्री पदमा रहँदा शिशुलाई जन्म दिएकी थीन्।

नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३।३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, “(‘वी वान्’) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ।”
अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन्।

उनलाई पुत्रीलाभकाे खबर सार्वजनिक भए लगत्तै न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाईको ओिरो लाग्न थालेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *