प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर, चिनियाँ समकक्षी ली खछ्याङबीच भेटवार्ता

समाचार
शेयर गर्नु होला

 

बेइजिङ- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ। भ्रमणको तेस्रो दिन विहीबार ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो।

सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए। त्यसाघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए। ग्रेट हल अफ दि पिपलमा भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

दुई मुलुकका प्रधानमन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका१०क्षेत्रमा सम्झौता भएको छ। सम्झौतामा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो।

यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको पनि बताइेको छ।तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको छ।अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भैरहेको प्रगतिका बारेमा

प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *