आफु निकट सहयोगि सभापति द्वारा नै देउवा नेतृत्वको आलोचना

समाचार
शेयर गर्नु होला

 

हेटौंडा — कांग्रेस जिल्ला सभापतिहरूको जारी राष्ट्रिय भेलामा १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएकाहरू पनि उनीविरुद्ध खनिएका छन् ।

मंगलबारबाट सुरु भेलामा बिहीबार देउवानिकट ललितपुर सभापति मदन अंात्य, डडेलधुरा सभापति कर्ण मल्ललगायतले पनि सभापतिको कडा शब्दमा आलोचना गरेका छन् । उनीहरूले पार्टीमा निषेधको राजनीति गरेको, सबैलाई नसमेटेको, टिकट वितरणमा गल्ती भएको, संसद्मा बलियो भूमिका निभाउन नसकेको र समसामयिक राजनीतिक, सामाजिक मुद्दामा समेत कमजोर देखिएको आरोप लगाएका छन् ।

देउवानिकट स्याङ्जा जिल्ला सभापति कमल पंगेनीले सर्वसत्तावाद र अधिनायकवाद लाद्‌न कम्युनिस्टहरू उद्यत रहे पनि त्यसलाई रोक्‌न कांग्रेस नेतृत्व कमजोर सावित भएको आरोप लगाए । उनले नेतृत्वको विरोध वा आलोचना नभैइ ‘समालोचना’ गरेको दाबी गरे ।

सिन्धुलीका सभापति उज्ज्वल बरालले पार्टीका सबै नेताको आलोचना भए पनि सभापतिलक्षित बढी भएको बताए । ‘जिम्मेवारीमा हुनेकै आलोचना हुने हो तर सभापतिलाई नै लक्षित गरेर बढी भएको छ,’ बरालले भने, ‘पार्टी एक तर नेताको मन अनेक भएकाले यो भेलाले एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिन्छ ।’

काठमाडौं जिल्ला सभापति कृष्ण (सबुज) बानियाँले ‘आसेपासे’ का कारण सभापति कमजोर बन्दै गएको बताए । ‘सभापति व्यक्तिको पछाडि लाग्नु भएन, काम गर्नेको मूल्यांकन हुनुपर्‍यो भन्ने सुझाव राखेको छु,’ उनले भने, ‘नजिकका मान्छेलाई बलियो बनाउने क्रममा तपाईं कमजोर हुनुभएको छ, बलियो बन्नुस् ।’ उनले कोही–कसैप्रति लक्षित गरेर आरोप–प्रत्यारोप नगरेको दाबी गर्दै पार्टीलाई संस्थागत गर्ने उद्देश्य मात्र रहेको बताए ।

भेलामा अधिकांश जिल्ला सभापतिले हारको जिम्मेवारी लिनुपर्ने भन्दै नेतृत्वलाई दोष दीरहेका छन् । सभापति देउवाको बढी आलोचना भएको छ । धादिङ सभापति रमेश धमलाले भेलापछि नयाँ कार्यक्रमसहित जाने दाबी गरे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *