मूलपानीमा दुई राउन्ड गोली प्रहार, लुटेरा नाइके पक्राउ

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — प्रहरीले गोली हानी लुटेरा समूहका नाइकेलाई बिहीबार राति पक्राउ गरेको छ ।

 

महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट खुँडे भन्ने अंबरबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

तामाङ नेतृत्वको समूहले विभिन्न व्यक्तिहरुलाई प्रलोभन र हतियार देखाइ तर्साएर लाखौं लुटेका प्रहरीले जनाएको छ। ती समूहले आफूसँग डलर रहेको र त्यो सटही गरेमा फाइदा हुनेजस्ता बाहाना पारी एकान्तमा बोलाएर सर्वसाधरणलाई हातहतियारसहित धम्क्याएर लुट्ने गरेका थिए।

नियन्त्रणमा लिन लाग्दा प्रहरीलाई आक्रमण गर्न खोजेकाले २ राउन्ड गोली प्रहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउन्ड, अंेरिकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको बिटा ८ थान बरामद गरिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *