काठमाडाैं । उपाधिकाे दाबेदारका रूपमा हेरिएकाे अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ ।
क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ।
प्रतियाेगगिता अन्तर्गत समुह चरणाकाे पहिलाे खेलमा अाइसल्याण्डसँग एक एककाे बराबरी खेलेकाे अर्जेन्टिना बिहीबारकाे खेलमा पराजित भएपछि अघिल्लाे चरणकाे यात्रा कमजाेर भएकाे हाे। गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकाऔट चरणको यात्रा थप कठिन बनेको हाे । क्रोएशिया भने यो समूहबाट नकाऔट चरणमा पुगेको छ ।
क्रोएशियाबिरुद्ध मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक रह्यो । अर्जेन्टिना क्रोएशियासँग ३–० गोलले पराजित भयो । क्राेएसियाकाे जितमा रेबिक, लुका मोड्रिक र इभान रकिटिक एक एक गाेल गरे। अर्जेन्टिनाले रुसको निज्नी नोभोगाड रंगशालामा निक्कै कमजोर प्रदर्शन गर्यो । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिएको खेलमा पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको सुरुमै क्रोएशियाले अग्रता लियो । गोलरक्षक विली कावालेरोको गम्भीर गल्तीमा अर्जेन्टिनाले गोल खान पुगेको हो ।
जितसँगै क्रोएशियाको ६ अंक भएको छ भने उसले नकाऔट चरणको यात्रा पक्का परेको छ । समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । अैसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहीन छ ।