नेपालको वायु सेवा गम्भीर खतराको सूचीबाट हट्यो : मन्त्री रवीन्द्रप्रसाद अधिकारी

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको वायु सेवालाई अन्तर्‍ाष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।

मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनको खतरा सूचीबाट भने नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइेको जानकारी सदनलाई दिए।

नेपाल–जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै उनले संसारका जुनसुकै देशमा पुग्ने गरी अाउने  र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। मन्त्री अधिकारीले नेपालगञ्ज–दिल्ली उडानका लागि शुक्रबार नै स्वीकृति दिएको र तीनचार महिनामा त्यहाँबाट हवाई सेवा शुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौँ–दिल्ली परीक्षण उडान गर्ने तयारी गरिरहेको जानकारी समेत दिए।

मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइेको बताउँदै पोखरा अन्तर्‍ाष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने जानकारी दिए।

यस्तै २०२१ सम्म निर्माण कार्य पूरा गरेर सो विमानस्थल सञ्चालन ल्याउन सकिने बताउँदै उनले गौतमबुद्ध अन्तर्‍ाष्ट्रिय विमानस्थललाई एक वर्षभित्र सञ्चलानमा ल्याउने तयारीका साथ काम भैरहेको धारणा व्यक्त गरे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *