विश्वकप: आज पालो ब्राजिल को , के ब्राजिल ले आफ्नो शाख बचाउला ?

खेलकुद
शेयर गर्नु होला

 

रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्।

समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयानुसार साँझ ५ः४५ बाट सुरु हुनेछ।

समुह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १–० ले पराजित भएको थियो।

आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह डी का नाइजेरीया र अैसल्याण्ड भिड्नेछन्। सो खेल भोल्गोग्राड रंगशालामा हुनेछ। नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २–० ले पराजित भएको थियो भने अैसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न अैसल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

त्यस्तै कालिनिङराड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह इ का सर्बिया र स्विजरल्याण्ड आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *