काठमाडौं । फुटबलका महान हस्ती डिएगो म्यारोडोना अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद हारपछि रोएका छन् । गए राति भएको खेलमा क्रोएशियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएपछि रोएका हुन् ।
उनले यसाघिको खेलमा भने भनेका थिए, ‘यदी अर्जेन्टिना विश्वकपबाट बाहिरियो भने साम्पावली अर्जेन्टिना नफर्के पनि हुन्छ ।’
अर्जेन्टिना हारपछि उनी प्रशिक्षकभन्दा बढी तनावमा देखिन्थे । भिअैपी कक्षबाट आफ्नो देश अर्जेन्टिना र क्रोएशियाको खेल हेरेका उनले खेल सुरु हुनुअघि लियोनल मेसीको जर्सी चुमेका थिए । म्याराडोनाले एक्लैले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई दिलाका थिए ।