सुन तस्करीको जालो: रेस्टुरेन्ट व्यावसायी अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि मिलेमतो रहेको समिति स्रोतको दाबी छ ।

मंगलबार मात्रै समितिले विमल पोदारलाई डिल्लीबजारमा नियन्त्रणमा लिएको थियो । डिल्लीबजारमा रहेको एक अर्पाटमेन्टको १६ औं तल्लामा एड्रेस लाउन्ज संचालन गर्ने पोदार यसाघि हुण्डी र विदेशी मुद्राको अवैध कारोवारमा समेत मुछिएका थिए ।

अकबर शाह काठमाडौंको लाजिम्पाटमा केही वर्ष पहिले गोली हानी हत्या गरिएका संचार उद्यमी जमिम शाहका नातेदार समेत हुन् । उनले लामो समयसम्म जमिमको सहयोगीका रुपमा स्पेश टाइम नेटवर्क अन्तरगत संचालित च्यानल नेपाल र स्पेश टाइम दैनिकमा समेत काम गरेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *