६ जना गैरकानुनी रुपमा काम गर्ने टुरिस्ट गाइड पक्राउ

Uncategorized समाचार
शेयर गर्नु होला

 

काठमाडौँ — गैरकानुनी रुपमा पथ प्रदर्शक (टुरिस्ट गाइड) को काम गर्दै आएका ६ जना पक्राउ परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाणपत्र बनाई गैरकानुनी तवरले काम गर्नेलाई बुधबार पर्यटन विभाग परिसरबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्ने काठमाडौँस्थित सामाखुसीका २६ वर्षीय अनिल महर्जन, काठमाडाैँ जमलकै ३५ वर्षीय रमेश महर्जन, ललितपुर–७ सुन्धराका ३१ वर्षीय राजिव महर्जन, ललितपुर–२६ सुनाकोठीका ३५ वर्षीय अंअृत डंगोल रहेका छन् ।

पर्यटक पथ प्रर्दशक हुन स्नातक तह पास गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनु पर्ने सरकारको मापदण्ड छ । उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट सरकारी छाप दस्तखत कीर्ते ऐनान्तर्गतको मुद्दामा म्याद थप लीइ अनुसन्धान गरिरहेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *