रसिया जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबारको दोस्रो खेलमा अैइसल्याण्ड बिरुद्ध नाइजेरियाले २-० गोलले खेल जितेको छ ।
खेलको ४९ औं मिनेटमा नाइजेरियाका स्ट्राइकर मोसेसको उत्कृष्ट क्रसमा मुसाले डिबक्स भित्र बल नियन्त्रणमा राख्दै दोस्रो टर्चमा गोल गर्न सफल भएका छन् भने दोस्रो गोल पनि मुसा ले नै गरेका हुन।
भोल्गोग्राड एरेनामा नेपाली समयानुसार बेलुकी ८ः ४५ बजेबाट नाईजेरिया र अैइसल्याण्डबीच खेल सुरु भएको थियो ।
यो खेल सुरु भएको केही समयपछि अैसल्याण्डले कर्नर, फ्रि किक पाएको थियो तर नाइजेरियाले उत्कृष्ट बचाउ गर्न सफल भएको थियो । नाइजेरिया को आज को जित अरजेन्टिना को पनि दोस्रो जाने मौका खुलेको छ।