काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबारको पहिलो खेल बेल्जियम र टुनिसियाबीच सुरु भएको छ ।
स्पार्टक स्टेडियममा नेपाली समय अनुसार बेल्जियम र टुनिसियाबीचको खेल ५ः ४५ बजे सुरु भएको हो ।
बेल्जियम र टुनिसियाको यस तीन पटक भेट भएको छ ।
सन् २००२ को विश्वकपको समुह चरणमा भेट हुँदा यी दुई टोलीको खेल एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै १९९२ को सोलिडारीटि कपमा भेट टुनिसियाले हराएको थियो ।
यी दुईको भेट अन्तिम पटक २०१४ को वामाप म्याचमा हुँदा बेल्जियमले हराएको थियो ।