भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसर्इर्इ को नतिजा सार्वजनिक भएको छ ।
शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो । एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ।आइभीआर तर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।
कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसैइी)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
यस्तै, ३।२ देखि ३।६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २।८ देखि ३।२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २।४ देखि २।८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २।४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १।६ देखि २।०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १।२५ देखि १।६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०।८५ देखि १।२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।