विश्व कप फुटबल : दक्षिण कोरिया र मेक्सिको बिच खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं –  विश्व कप फुटबल अन्तर्गत  दक्षिण कोरिया र मेक्सिको बिच को खेल सुरु भएको छ।

समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ शनिबारको (अाज) खेलमा दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदैछ।

जर्मनी विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको मेक्सिको त्यहि खेलको लयलाई आज हुने कोरिया विरुद्धको खेलमा समेत दोहर्याउन चाहन्छ।

आजको खेल जितेको खण्डमा मेक्सिको यो समुहबाट शिर्ष १६ मा स्थान बनाउने पहिलो टोली बन्नेछ। भने अर्को चरण प्रवेसको सम्भावना जिवितै राख्न जित आवश्यक रहेको कोरिया दबाबमा हुनेछ।

आजको खेलमा पराजित भएको खण्डमा कोरिया प्रतियोगिताको समुह चरणबाटै बाहिरिनेछ। कोरिया आफ्नो पहिलो खेलमा स्विडेनसँग एक शुन्य गोलले पराजित भएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *