विश्वकप फुटबल : अाइतबार हुने तीन खेलहरू

खेलकुद
शेयर गर्नु होला

काठमाडौं । रुस विश्वकप २०१८ अन्तर्गत आज जी र एचका खेल हुदैछ ।

इंग्ल्याण्ड भर्सेस पानामा

रसिया विश्वकप २०१८ अन्तर्गत आज पनि तीन खेल हुदैछ । आज हुने पहिलो खेल हो । इंग्ल्याण्ड भर्सेस पानामा । जारी विश्वकपको उपाधि दावेदार मध्येको एक इंग्ल्याण्डले आज समुहको दोस्रो खेलमा पौने ६ बजे निज्नी नोभगोरोड स्टेडियममा पानामा विरुद्ध खेल्दैछ । समुह जीको पहिलो खेलमा टुनिसियालाई दुई एक गोलले हराएको ईल्याण्डले ३ अंक सहित समुहको दोस्रो स्थानमा छ । पानामा भने समुहको पहिलो खेलमा बेल्जियमसंग तीन गोलको अन्तरमा पराजित भएको थियो । पानामालाई विश्वकप यात्रा कायम राख्न इंग्ल्याण्डविरुद्ध जित निकाल्न आवश्यक छ । तर पानामाको लागि इंग्ल्याण्डविरुद्ध जित निकाल्नु चुनौती पुर्ण बन्नेछ । पानामा अंक तालिकाको पुछारमा छ । पहिलो पटक विश्वकप खेलिरहेको पानामा र ईल्याण्ड पहिलो पटक आमनेसामने हुदैछन् ।

जापान भर्सेस सेनेगल

त्यस्तै आज हुने दोस्रो खेल हो, जापान भर्सेस सेनेगल । समुहको पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको जापानले आज फेरी सेनेगल विरुद्ध खेल्दैछ । पहिलो खेलमा कोलिम्बयालाई दुई एक गोलले हराएको थियो । उता सेनेगल पनि आफनो पहिलो खेलमा पोल्याण्डलाई दुई एकगोलले नै हराएको थियो । समान तीन तीन अंक बोकेको जापान र सेनेगल अक तालिकामा क्रमश पहिलो र दोस्रो स्थानमा छ । यी दूईको जितेताले प्रिक्वाटरफानैइनमा स्थान पक्का गर्नेछ । यस अघि सन् २००३ मा भेट हँुदा सेनेगलले जापानलाई हराएको थियो । एकाटेरिङवर्ग एरेनामा नेपाली समय अनुसार पौने ९ बजे यी दुईको खेल हुनेछ ।

पोल्याण्ड भर्सेस कोलम्बिया

त्यस्तै आज हुने अन्तिम अन्तिम खेल हो, पोल्याण्ड भर्सेस कोलम्बिया, आज सम्म मैत्रिपूर्ण खेल मात्र भएको यी दुई विच कोलम्बियाले जित निकालेको थियो । जारी विश्वकपको समुहको पहिलो खेलमा दुवै टिम पराजित भएको कारण दुवै टिमलाई आज जित्नै पर्ने दवाव धेरै छ । विश्वकपको अभागी टिम मानिने कोलम्बिया समुह एचको अंक तालिकाको पुछारमा छ । पोल्याण्ड एक स्थान माथि छ । दुवै टिम जितका लागि काजान एरेनामा पौने १२ बजे भिड्नेछन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *