अमेरिकी राष्ट्रपतिको को अर्को बिबाद , छोरीलाई स्तनको सर्जरी गराउन दबाब दिन्थे

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

एजेन्सी। अमेरिकी राष्ट्रपति ट्रम्प र उनको परिवारको बारेमा हालै प्रकाशित पुस्तक ‘बर्न ट्रम्पः इनसाइड अमेरिकाज फस्र्ट फेमिली’ मा निकै विवादित खुलासा गरिएका छन् ।

अमेरिकी राष्ट्रपति आफ्नी छोरी इवांकालाई स्तनको सर्जरी गराउनको लागि दबाब दिन्थे । उनले छोरीलाई ‘ब्रेस्टइम्प्लान्ट’को लागि दबाब दिने गरेको रहस्यको खुलासा हालै प्रकाशित पुस्तक ‘बर्न ट्रम्पः इनसाइड अंेरिकाज फस्र्ट फेमिली’ मा गरिएको छ।

पुस्तककी लेखिका एमिली जेन फक्सले लेखेकी छिन् ‘इवांकालाई किरोर अवस्थादेखि नै मोडल बन्ने सोख थियो ।
किताबमा लेखिएको छ कि छोरीको मोडलिङको चाहनालाई ट्रम्प प्रोत्साहन गर्थे । उनी चाहन्थे कि इवांकाले ब्रेस्ट इम्प्लान्ट गरुन् ताकि उनलाई मोडलिङमा थप सहयोग होस् । लेखिका फक्सले दावी गरेकी छिन् कि जब डोनाल्डले छोरीमाथि ब्रेस्ट इम्प्लान्टको दबाब दिएका थिए।

इवांकाको किशोरावस्थामा निकै घटनाहरु छन् जो आम मानिसको भन्दा अलग छन् । इवांका किशोरी हुँदाको एुटा घटना अमेरिकामा निकै चर्चित छ । जब इवांका कोएट स्कुलमा पढ्थिन् त्यतिबेला एुटा पार्टीमा गएकी थीन् । पार्टीमा ड्रग्स लिएका कारण उनलाई स्कुलले केही दिनका लागि प्रतिबन्ध लगाएको थियो । बाँकी अन्य विद्यार्थी जो त्यो पार्टीमा सहभागी भएका थिए उनीहरुलाई भने स्कुलबाटै निकालिएको थियो । त्यतिबेला मानिसहरुले उनी ट्रम्पकी छोरी भएका कारण उनलाई ननिकालिएको मानेका थिए ।

फक्सका अनुसार जब इवांका वार्टन कलेजमा थीन् त्यतिबेला बिहान ९ बजे स्टाटिस्टिक्सको क्लासबाट बाहिर जान्थिन् र २ चुरोट पिउँथिन् ।

किताबमा लेखिएको छ कि जब इवांका कोएट स्कुलमा पढ्थिन् त्यतिबेला डोनाल्ड ट्रम्पले स्कुललाई भनेका थिए कि स्कुलमा हेलिप्याड बनाउ ताकि इवांका हरेक हप्ताको विदामा न्यूयोर्क जान सकुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *